एजेन्सी – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई आईसीसीको आचारसंहिता उल्लंघन गरेको आरोपमा कारबाही गरिएको छ । आईसीसीका अनुसार कोहलीलाई विश्वकप क्रिकेट अन्तर्गत शनिबार अफगानिस्तानविरुद्धको खेलमा अनावश्यक अपिल गरेको भन्दै कारबाही गरिएको हो ।


ADVERTISEMENT


कोहीललाई म्याचफिसको २५ प्रतिशत जरिवाना गरिएको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै आईसीसीले कोहलीलाई आचार संहिता उल्लंघनको लेवल १ को दोषी ठहर्याएको हो ।


ADVERTISEMENT

# # #


कोहलीले २९ औँ ओभरमा अपायर अलीम डार नजिक गएर आक्रामक र गलत तरिकाले एलबीडब्ल्यूको अपिल गरेका थिए । भारतले शनिबार अफगानिस्तानलाई ११ रनले पराजित गरेको थियो ।

कोहलीले आफ्नो गल्ती स्वीकार गर्दै जरिवानामा पनि स्वीकार गरेका छन् । यससंगै आइसीसीले कोहलीको खातामा १ डिमेरिट अंक पनि जोडिदिएको छ । कोहलीको खातामा अब दुई डीमेरिट अंक रहेका छन् । एक अंक उनले गत जनवरीमा दक्षिण अफ्रीकाविरुद्ध भएको टेस्ट सिरिजका दौरान मिलेको थियो ।

२४ महिनामा ३ भन्दा बढी डिमेरिट अंक बटुलेमा खेलाडीलाई अंक हेरि प्रतिबन्धित गर्ने नियम रहेको छ । सेप्टेम्बर २०१६मा ‘रिभाइज्ड कोड’ लागू भएपछि विराट कोहलीको यो दोस्रो गल्ती हो ।