काठमाडौँ– प्रधानमन्त्रीमा निर्वाचित भएको लामो समयपछि देउवाले आफ्नो मन्त्रीपरिषद् आज विस्तार गर्ने भएका छन् । आफु नेतृत्वमा सरकार गठन भएको डेढ महिना भईसक्दा समेत सरकार विस्तार गर्न नसकेको भन्दै आलोचना खेपेका प्रधानमन्त्री देउवाले सत्तासहयात्री माओवादी केन्द्रबाट समेत गरी आज मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन्।


ADVERTISEMENT


देउवाले आफ्नो पार्टी नेपाली कंग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र नेता खुमवहादुर खड्का पक्षलाइ समेत भागवण्डा गरी मन्त्री बनाउने तयारी गरेका छन् । पौडेल पक्षबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजेन्द्र कुमार केसी, जिवन परियार, सरिता प्रसांई, कमला पन्त लगायतको नाम चर्चामा छ ।


ADVERTISEMENT

# # #


सिटौला पक्षबाट भिमसेन दास प्रधान र खड्का पक्षबाट मोहन बहादुर बस्नेतलाई मन्त्रीमा पठाउने तयारी भईरहेको छ । भौगोलिक र समावेशी सन्तुलन मिलाउन पर्ने भएकाले प्रधानमन्त्री देउवालाई आफ्नै पक्षबाट भने मन्त्रीको नाम छान्न कठिनाई भएको छ । देउवा पक्षबाट भरत शाह, मीन विश्वकर्मा, अम्बिका बस्नेत, भीष्म आङदेम्बे, अर्जुन जोशी लगायतको नाम चर्चामा छ ।

सत्ता सहयात्री माओवादी केन्द्रबाट भने गिरिराजमणी पोखरेल, महेन्द्र बहादुर शाही, आशा खनाल, टेकवहादुर बस्नेत, सिता नेपाली लगायतको नाम चर्चामा छ । यस्तै फोरम लोकतान्त्रिकबाट जितेन्द्र देव र गोपाल दहित मन्त्रीमण्डलमा समावेश हुँदैछन् । कंग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, र लोकतान्त्रिक फोरमबाट २ समेत गरी आज १८ जना मन्त्री थप्ने तयारी भईरहेको प्रधानमन्त्री देउवा निकट श्रोतले जानकारी दिएको छ ।