काठमाडौँ – फेसबुकमार्फत आफ्नो व्यवसाय मिलाईदिने भन्दै ठगी गर्ने एक युवती पक्राउ परेकी छन् । महोत्तरीकी २१ वर्षीय डायना रोज नाम गरेकी युवतीलाई भारत महाराष्ट्रका श्रीपाल जैनलाइ फेसबुकमार्फत ठगी गरेको आरोपमा प्रहरीले जडिबुटीस्थित नरेफाँटबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रहरीका डायनाले आफू सम्पन्न र उच्च पारिवारिक पृष्ठभुमीको भएको र आफ्ना बुवाको सम्पत्तिको आफू एक्लो हकदार रहेकोले भारतमा रहेको आफ्नो व्यवसाय मिलाई दिन्छु भन्दै भारतीय व्यवसायी जैनलाई नेपाल बोलाएकी थिइन् । जैनका अनुसार ती युवतीले आफ्ना बुवा सिंगापुरका व्यवसायी रहेको र आमा पनि बुबाकै कारोबारमा संलग्न रहेको र आफू नेपालमा रहेको विश्वास दिलाएकी थिइन् ।


ADVERTISEMENT

# # #


नेपालबाट मुम्बई फर्किने क्रममा युवतीले शुक्रबार त्रिभुवन विमानस्थलमा आफ्नो बाबुले पठाएको बहुमुल्य सामान प्राप्त गर्न ठुलो भन्सार रकम आवश्यक परेको भन्दै जैनबाट २३ लाख रुपैयाँ मागेकी थिइन् ।

उक्त रकम लिएर फरार रहेकी डायनालाई जैनले दिएको जाहेरीका आधारमा प्रहरीले उनीबस्ने नरेफाँटबाट शुक्रबार पक्राउ गरेको हो । जैनबाट लिइएको २३ लाख रकममध्ये डायनाको कोठा खानतलासी गर्दा २० लाख ८० हजार रुपैयाँ फोला पारेको जनाएको छ ।

साथै उनीबाट राहदानी, ४ थान आइएमई भौचरसमेत बरामद गरेको प्रहरीको भनाइ छ ।