काठमाडौं – पाकिस्तानसँग पराजित भएसँगै दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरिएको छ ।


ADVERTISEMENT


लर्ड्समा आइतबार राति सम्पन्न खेलमा पाकिस्तानसँग दक्षिण अफ्रिका ४९ रनले पराजित भएको हो । आफ्नो पाँचौं खेलमा हार ब्यहोरेसँगै दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको छ । योसँगै विश्वकप क्रिकेटबाट बाहिरिने दक्षिण अफ्रिका दोस्रो देश बनेको छ । यसअघि अफगानिस्तानले खेलेको ६ खेलमा सबैमा हार ब्यहोर्दै विश्वकपबाट बाहिरिएको थियो ।


ADVERTISEMENT

# # #


३०९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५९ रन मात्रै बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले ६३ रन बनाए । डि कक्ले ४७ र एन्डिल फेहलुकवायोले ४६ रन बनाए पनि जित दिलाउन भने सकेनन् ।

बलिङतर्फ पाकिस्तानका वाहब रियाज र शादब खानले समान ३(३ विकेट लिए । त्यस्तै, मोहम्मद अमिरले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३०८ रन बनाएको थियो । उसका लागि अग्रपंक्तिका सबै ब्याट्सम्यानले राम्रो खेले । हरिस सोहिलले ८९ रन बनाए । उनले ५९ बलमा ९ चौका र तीन छक्का प्रहार गरेका थिए । त्यस्तै, बाबर अजामले ६९ रन बनाउँदा ओपनर फखर जमान र इमाम उल हकले समान ४४(४४ रन बनाए । यता, इमाद वासिम भने २३ रनमा आउट भए ।

पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध भने राम्रो सुरुवात गरेको थियो । पहिलो विकेटका लागि इमाम र जमानले ८१ रनको साझेदारी गरेका थिए ।

लंगी नगिदीले तीन विकेट लिए । इमरान ताहिरले भने दुई विकेट लिए ।

जितसँगै पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ । पाकिस्तानले ६ खेलबाट ५ अंक बनाएको छ ।