काठमाडौँ – देशभर विदेशी च्यानलहरु बन्द भएका छन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले देशभर विदेशी च्यानल बन्द गरेका हुन् ।


ADVERTISEMENT


सम्पूर्ण विदेशी च्यानलहरु आज (सोमबार) दिउँसो ३ बजेदेखि बन्द भएका छन् । महासंघले २४ घण्टाका लागि विदेशी च्यानल बन्द गराएको जनाएको छ । अब विदेशी च्यानल मंगलबार दिउँसो ३ बजेपछि मात्रै पुनः सुचारु हुनेछन् ।


ADVERTISEMENT

# # #


सरकारले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मार्फत विदेशी च्यानलहरुमा ‘क्लिन फीड’ लागू गर्ने भएपछि इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनीहरु संगठित रुपमा नै विरोधमा उत्रिएका हुन् ।

क्लिन फीड (विज्ञापनरहित च्यानल) अनिवार्य हुने प्रावधान सहितको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संसदमा छलफलको क्रममा छ । उक्त विधेयक पास भएपछि नेपालमा प्रशारित विदेशी च्यानलहरुले विज्ञापन प्रशारण गर्न पाउने छैनन् ।

विधेयकलाई फिर्ता लिनु पर्ने मागसहित केबल टेलिभिजन व्यवसायीहरु आन्दोलनमा रहेका छन् । नेपालमा ८५ प्रतिशत च्यानल विदेशी छन् । भारतीय टीभी च्यानल प्रसारकहरूको संस्था इन्डियन ब्रोडकास्टिङ फोरमले नेपाललाई मात्रै विज्ञापनरहित च्यानल उपलब्ध गराउन व्यवहारिक नहुने बताएको नेपाली व्यवसायीको भनाई छ ।