एजेन्सी – समाजवादी प्रजातान्त्रिक पार्टीले सरकारको नेतृत्व गर्ने भएपछि डेनमार्क बामपन्थी सरकार भएको तेस्रो उत्तर युरोपेली (नर्डिक) मुलुक बनेको छ । यहाँ ४१ वर्षीय मेट फ्रेडेरिक्सनले नयाँ प्रधानमन्त्री बनेकी छिन् । उनी डेनमार्ककै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री पनि बनेकी छिन् ।


ADVERTISEMENT


गत ५ जुनमा भएको निर्वाचनमा फ्रेडरिक्सनको नेतृत्वमा रहेको पाँच दलको बामपन्थी गठबन्धनले बहुमत ल्याएको थियो । लार्सलोक्के र्यामसनको नेतृत्वमा रहेको मध्यपन्थी सरकारलाई विस्थापन गर्दै फ्रेडेरिक्सन नयाँ प्रधानमन्त्री बनेकी हुन् ।


ADVERTISEMENT

# # #


यसअघि यही वर्ष फिनल्याण्ड र स्वीडेनले पनि बामपन्थी सरकार बनाएका थिए । नर्डिक क्षेत्रका पाँच मुलुकमध्ये नर्वे र आइसल्याण्डबाहेक अन्य तीन मुलुकमा बामपन्थी सरकार बनेको हो ।