काठमाडौँ – पछिल्लो समय सर्वाधिक चर्चामा रहेको गीत ‘गलबन्दी’को विषयमा उत्पन्न विवाद समाप्त भएको छ । गीत चोरीको विषयमा भएको विवादका बारे गायक शम्भू राई र प्रकाश सपूतबीच ४ बुँदे सहमति भएको हो ।


ADVERTISEMENT


बुधबार प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको हो । गायक सपूतले बजारमा ल्याएको ‘गलबन्दी च्यातियो’ बोलको गीत राईको ‘देउसी भैलो’ एल्बमको ‘आउ नाचौं साथी हो कम्मर कसेर…’ सँग मिलेपछि विवाद चर्किएको थियो । दुई गायकको विवादले सामाजिक सञ्जालका साथै संसद्‌मा समेत चर्चा पाएको थियो ।


ADVERTISEMENT

# # #


सहमति अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ ।

यस्ता छन् अन्य सहमति

– लोकदोहोरी ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जना शम्भू राई र पुनः संगीत सिर्जना प्रकाश सपूत हुने गरी युट्युबको हकमा शम्भू राईको नाम समावेश गरी सच्याउने तथा अन्य प्रकाशन गरिने क्षेत्रमा सोहो बमोजिम नाम समावेश गरी गलबन्दी बोलको गीतलाई प्रकाशन गर्ने ।

– गलबन्दी गीतबाट प्राप्त हुने सबै आर्थिक अधिकार, प्रतिलिपि अधिकार तथा स्रष्टा, उत्पादक, प्रस्तोताले पाउने रोयल्टी प्रकाश समूतकै अधिकार रहने र शम्भू राईले कुनै पनि आर्थिक अधिकार एवं प्रतिलिपि अधिकारमा दाबी नगर्ने ।

– शम्भू राईले गलबन्दी बोलको गीतको सन्दर्भमा यही असार ५ गते नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा तथा अन्य संघ संस्था निकायमा दिएको निवेदन फिर्तार तामेलीका लागि समेत निवेदन दिने ।

– सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा आएका र आउने तथा आउन सक्ने भ्रमित विषयवस्तु र समाचारहरुलाई सहमतिको विवषय समावेश गरी खण्डन हुने तथा सहमतिको जानकारी गराउने ।