काठमाडौँ — प्रहरीले नयाँ पत्रिका दैनिकका पत्रकार एवं कवि संगीत स्रोता र रसुवाली कविको नाममा कविता लेख्ने ठाकुरप्रसाद तिम्सेनालाई पक्राउ गरेको छ । रसुवाली कविलाई यसअघि पनि प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहमा संग्लन रहेको आरोपमा पक्राउ गरेको थियो ।


ADVERTISEMENT


उनी केही समयअघि मात्रै काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर छुटेका थिए।


ADVERTISEMENT

# # #


संगीत स्रोता पक्राउको कारण भने खुलेको छैन। संगीतलाई किन समातिएको हो ? प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले उनी झुक्किएर पक्राउ परेको र छोडिसकिएको बताए।

प्रदर्शनीमार्गस्थित आर क्याम्पस अघि हिँडिरहेका बेला बर्दीधारी आठ–दस जनाको समूहका रहेका प्रहरीले केही बुझ्नु पर्ने भन्दै पक्राउ गरेका थिए ।