बाँके –अवैध लागूऔषध तथा नियन्त्रित लागूऔषध सहित २ जना पक्राउ परेका छन् । प्रहरीले बुधबार बिहान नेपालगन्ज उपमहानगरपालिका– १५ जमुनाहबाट उपमहानगरपालिका–२० बस्ने १८ वर्षीय सुरेश शाह र सोही उपमहानगरपालिका–८ बस्ने ३८ वर्षीय सनै कपाडिया रहेका छन् ।


ADVERTISEMENT


ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगन्जबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालगञ्जतर्फ आउदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा शाहको साथबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ३ सय मिलिग्राम तथा कपाडियाको साथबाट नियन्त्रित लागूऔषध नाइट्रोभ्याट १० ट्याबलेट र कोरेक्स १ शीशि फेला पारी पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।