काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज (बिहीबार) सार्वजनिक गरिने भएको छ ।


ADVERTISEMENT


बोर्डअन्तर्गत रहेको परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी सकिएको र पुनः परीक्षणको कामसमेत सकिएको छ । यसअघि बुधबार नतिजा प्रकाशन गर्ने भनिएपनि तयारी नपुगेको भन्दै बिहीबारका लागि सारिएको थियो । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार नतिजा अपरान्ह ३ कजेपछि प्रकाशित गरिनेछ ।


ADVERTISEMENT

# # #


विगतमा जेठ मसान्तदेखि १–२ असारभित्रै एसइईको नतिजा प्रकाशन हुने गर्थ्यो । तर, यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले ढिला भएको बोर्डले जनाएको छ ।

प्रदेश २ बाहेक सबै ठाउँमा १०–२१ चैतसम्म परीक्षा सञ्चालन भएको थियो । प्रदेश २ मा भने बाँकी विषयको २२ देखि २९ चैतसम्म पुनः परीक्षा भएको थियो ।