काठमाडौँ– रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी र उज्ववल थापाले नेतृत्व गरेको विवेकशील नेपाली दलबीच एकता घोषणा भोलि बुधबार हुने भएको छ । नयाँ बानेश्वरमा एक कार्यक्रमको आयोजना गरेर अहिलेसम्म एकताका लागि भएका प्रगतिका बारेमा जानकारी गराउने तयारी दुवै दलले गरेका छन् ।


ADVERTISEMENT


पार्टीको नाम र नेतृत्वका बारेमा छलफल भइरहेको साझा पार्टीका एक नेताले जानकारी दिए । उनका अनुसार अहिलेसम्म विवेकशील साझा दल, साझा विवेकशील दल लगायतका केही नाममा छलफल भए पनि अन्तिम टुंगो लाग्न बाँकी छ ।


ADVERTISEMENT

# # #


हिलो चरणको स्थानीय चुनाव अगाडि पनि दुई पार्टीले एकता प्रयास गरेका थिए । तर, एकीकृत पार्टीलाई विवेकशीलका उज्ववल थापाले नेतृत्व गर्ने कि साझा पार्टीका रविन्द्र मिश्रले भन्नेमा कुरा मिलेको थिएन । अहिले दुवै पार्टीको नेतृत्व तहलाई समायोजन गर्ने र सामुहिक नेतृत्वमा अघि बढ्ने विषयमा सहमति भएको छ ।
मिश्र र थापा दुवै पार्टीको सहसंयोजक रहेर महाधिवेशनसम्म जाने तयारी भएको छ ।