काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित भएको छ । उक्त नतिजा हेर्नका लागि विगत झै नेपाल टेलिकमले विभिन्न सेवा उपलब्ध गराएको छ ।


ADVERTISEMENT


परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका लागि नेपाल टेलिकमले एसएमएस सेवा उपलब्ध गराएको हो । टेलिकमका अनुसार नतिजा थाहा पाउन को मोबाइलबाट see पछि सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ । जस्तै : see<space>symbol No. टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ ।


ADVERTISEMENT

# # #


यो बाहेक १६०० मा कल गरेर पनि एसईई को नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ ।

यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।