एजेन्सी – बुधबार न्यूजिल्याण्डविरुद्ध शतक प्रहार गर्दै पाकिस्तानी क्रिकेटर बाबर आजमले भारतीय कप्तान विराट कोहलीको रेकर्ड तोडेका छन् । इङ्गल्याण्डमा जारी विश्वकप क्रिकेटमा बाबरले एकदिवसीय क्रिकेटमा भारतीय खेलाडी कोहली र शिखर धवनका रेकर्ड ध्वस्त गरेका हुन् ।


ADVERTISEMENT


उनी एक दिवसीय खेलमा सर्वाधिक छिटो ३ हजार रन बनाउने दक्षिण एशियाली खेलाडी बनेका हुन् । भारतका कप्तान कोहलीलाई आफ्नो आदर्श मान्ने बाबरले ७० खेलमा ६८ इनिङ्गमा ३००० रन छोएका हुन् । यति छिटो कुनै पनि एशियाली खेलाडीले ३ हजारको आँकडा छुन सकेका छैनन् ।


ADVERTISEMENT

# # #


एशियाली क्षेत्रमा बाबरको भन्दा पहिले यो रेकर्ड भारतीय खेलाडी शिखर धवनको नाममा रहेको थियो । उनले ५ वर्ष ९२ दिनमा ७३ खेल खेलेर ३ हजार रन कटाएका थिए । यस्तै शिखरभन्दा पहिले यो उपलब्धी विराट कोहलीको नाममा रहेको थियो । उनले ७८ खेलमा ७५ औँ इनिङ्गमा ३ हजार रन पूरा गरेका थिए ।