काठमाडौँ – हिमालयन बैंकले काठमाडौंको सुकेधारमा आफ्नो ५९ औ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको समुद्धघाटन बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले एक समारोहका बीच गरेका छन् । सो अवसरमा उनले नेपालको आधुनिक बैंकिङ्ग क्षेत्रमा हिमालयन बैंक सुरक्षित, भरपर्दो र विश्वसनीय भएको बताए ।


ADVERTISEMENT


अध्यक्ष श्रेष्ठले समृद्धिका लागी साना तथा मझौला उद्यम तथा व्यवसायको बृहत प्रवर्द्धन आवश्यक रहेको र त्यसका लागी हिमालयन बैंक उत्पादनशील क्षेत्रमा कृयाशिल त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्दै अगाडि बढ्ने बताए। उनले समग्र महानगरबासीको सबृद्धि यात्रामा हिमालयन बैंक सम्बन्धित निकायहरु संग सहकार्य गरेर अगाडी बढ्ने धारण व्यक्त गरे ।


ADVERTISEMENT

# # #


उनले ग्राहकवर्गको बैंक प्रति गहिरो भरोसा रहेको चर्चा गर्दै नेपालमा स्वस्थ्य बैकिङ्ग प्रणालीको विकास र जनतालाई सुलभ तथा स्तरीय सेवा पु¥याउन हिमालयन बैंक कटिबद्ध रहेको बताए ।

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रयमासको अन्त्यसम्मा  १ खर्ब १२ अर्ब २६ करोड ६२ लाख निक्षेप संकलन गरि कर्जा सापटको रुपमा उत्पादनशील व्यवसायिक तथा आधारभूत क्षेत्रमा ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको छ । बैंकले चालू वर्षको ९ महिनामा२ अर्ब ८६ करोड ५४ लाख संचालन मुनाफा आर्जन गरेको छ । हाल बैंकको एटिएम संख्या १२० र विप्रेषण भुक्तानी काउन्टर १३५०० भन्दा बढी रहेको छ ।