काठमाडौं – नेपाल राष्ट्र बैकले बैंक तथा वित्तीय संघ सस्थालाई मर्जरमा जान दबाब दिएको छ । बिहीबार राजधानीमा सबै बैंक तथा वित्तीय संघ सस्थाका संचाकल समिति अध्यक्ष तथा कार्यकारी निर्देशक(सिईओ) लाई छलफलमा डाक्दै राष्ट्र बैंकले बैंक तथा वित्तिय कम्पनीहरुलाई मर्जरमा जान निर्देशन दिएको हो ।


ADVERTISEMENT


छलफलका क्रममा राष्ट्र बैंकले सबै बैंक तथा वित्तिय सस्थानहरुलाई जतिसक्दो छिटो मर्जरमा जान आग्रह गरेको छ । आफुसँग मिल्ने र वित्तिय उद्देश्य मिल्ने बैंक तथा वित्तिय कम्पनीहरुसँग मर्जरको हात बढाउन राष्ट्र बैंकको आग्रह रहेको छ । त्यसका लागि बैंकले उचित वातावरण बनाइदिने सिमेत बताएको छ ।


ADVERTISEMENT

# # #


छलफलका क्रममा राष्ट्र बैँककले विग मर्जरको विषयलाई उठाउँदै स्वतस्फूर्त मर्जरमा जाने हो वा फोर्स मर्जरमा जाने हो आफै निर्णय गर्न बैंकहरुलाई सुझाव दिएको छ ।

बाणिज्य बैंक, बिकास बैंक तथा अन्य फाईन्यान्सियल कम्पनीहरुसँग बैंकले छुट्टाछुट्टै छलफल गरिरहेको छ ।