काठमाडौँ – एनआईसी एशिया बैंकले तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ को सत्रसयमा आफ्नो ३७ औंं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैँकले शुक्रबारबाट सञ्चालनमा ल्याएको उक्त शाखारशित सेवाको उद्घाटन आँबुखैरेनी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष किसान थापाले गरेका छन् ।


ADVERTISEMENT


उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा सुशिला गुरुङ्गलाई नियुक्त गरिएको बैँकले जनाएको छ । बैँकका अनुसार उक्त शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सक्नेछन् ।


ADVERTISEMENT

# # #


सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विस्तार हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीयबासीले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने लगायतका बैंकिङ्ग सेवा उपभोग गर्न पाउने छन् ।

बैंकले मुलुकभर २८५ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।