एजेन्सी – आइतबार इङ्ल्याण्डको बर्मिघममा भारत र आयोजक राष्ट्र इङ्ल्याण्डबीच भएको खेलमा इङ्ल्याण्ड ३१ रनले जित्यो । खेल सुरु हुनुअघि भारतले इङ्ल्याण्डलाई सजिलै हराउने अपेक्षा आम क्रिकेट पंशंसकको थियो । तर ३३८ रनको चुनौति पच्छ्याएको भारतले पहिलो हार ब्यहोर्नुपर्यो ।


ADVERTISEMENT


यो हारपछि भारतीय ब्याट्सम्यानको ब्याटिङमाथि प्रश्न उठेका छन् । खासगरी केदार जादभ र महेन्द्र सिंह धोनीको ब्याटिङमाथि प्रश्न उठाइएको छ ।


ADVERTISEMENT

# # #


भारतले जितेमा पाकिस्तान र बंगलादेश सेमिफाइनल पुग्ने सम्भावना रहेको हुनाले जहिल्यै भारतविरुद्ध उभिने पाकिस्तानी प्रशंसक पनि आरइतबार भारतको समर्थन गरिरहेका छन् । उनीहरु भारतको जितका कामना गरिरहेका थिए । तर, भारतले हार ब्यहोरेपछि उनीहरुले सामाजिक सञ्जालमा म्याच फिक्सिङको आरोप लगाएका छनु् ।

यस खेलमा भारतले ठूलो लक्ष्य पाएकाले रनको गति बढाउनु पर्ने थियो । तर उसले पहिलो १० ओभरमा रन जोड्नै सकेन । पहिलो ६० बलमा एक विकेट गुमाएर ६० रन मात्र बनाएपछि जित भारतबाट विस्तारै इङल्याण्डतर्फ गइएसकेको थियो । तर, दोस्रो विकेटका लागि विराट कोहली र रोहित शर्माले १३८ रनको साझेदारी गरेपछि भारतको जितको सम्भावना बढेर गएको थियो । त्यसपछि रिसभ पन्त र हार्दिक पाण्ड्याले पनि राम्रै रन बटुलेका थिए ।

भारतलाई जितका लागि अन्तिम ११ ओभरमा ११२ रन आवश्यक थियो । तर, हातमा ७ विकेट बाँकी थियो । महेन्द्र सिंह धोनी र केदार जादभले सुस्त गतिमा ब्याटिङ गरेपछि भारतले जित हात पार्न सकेन । सुरुवाती १० ओभर र अन्तिम १० ओभर रन निकाल्ने उत्कृष्ट समय मानिन्छ । तर, आइतबार उक्त समयमा यस्तो लागिरहेको थिएन कि भारतीय ब्याट्सम्यानहरु जित्नका लागि खेल्दैछन ।

रोचक त के भने त्यत्रो लक्ष्य पच्छ्याउँदै गर्दा ७५ मिटरमा घटाइएको मैदानमा भारतीय टिमले पूरा ५० ओभरमा मात्र एक छक्का हान्यो । त्यो पनि इनिङको अन्तिम ओभरमा । जबकी इङल्याण्डले १३ वटा छक्का प्रहार गरेको थियो । धोनी र जादभको साझेदारी देखेर हैरान भएका पूर्व भारतीय कप्तान सौरभ गाँगुलीले भने, ‘तपाईसंग पाँच विकेट बाँकी छ । तर, तपाई जित्ने प्रयास पनि गरिरहनु भएको छैन । के भन्ने ?’

यही परिस्थिततिलाई लिएर सामाजिक सञ्जालमा ब्यापक विरोध भएको छ । कतिपयले म्याच फिक्सिङको आरोप लगाएका छन् ।