बुटवल– दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका ८ बेलरीस्थित बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपता भएका घोराही १९ सैघा निवासी २३ वर्षीय शिवराज पुनको शवलाई आज निकालिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


आईतबार साँझ ८ बजेतिर साथिहरुसँग पौडी खेल्न गएका उनको शवलाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीले सोमबार साढे ११ बजेतिर बबई नदीमा बनेको रहबाट बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदबिक्रम शाहले बताएका छन् ।


ADVERTISEMENT

# # #


साथीहरु भने सकुशल रहेका छन् । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।