काठमाडौं– मन्त्रिपरिषद्को निर्णय अनुसार प्राविधिक उपरथी दर्जामा पदोन्‍नति भएका कमाल सिंह प्रधानले दर्ज्यानी चिन्ह पाएका छन् ।


ADVERTISEMENT


जंगी अड्डामा सोमबार आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उनलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्राविधिक उपरथी दर्जामा पदोन्‍नति भएका प्रधानलाई सेना मातहतको ईन्जिनियरिङ विभागको विभागीय प्रमुखको जिम्मेवारी दिईएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।