काठमाडौँ– नेकपा (माओवादी केन्द्र) ले सरकारमा पठाउने छ जना मन्त्रीको नाम टुंगो लगाएको छ ।


ADVERTISEMENT


(माओवादी केन्द्र) सचिवालयको आज बसेको बैठकले गिरीराजमणि पोखरेल, शिवकुमार मण्डल, टेकबहादुर बस्नेत, आशा कोइराला, सन्तकुमार चौधरी र महेन्द्रबहादुर शाहीलाई सरकारमा पठाउने निर्णय गरेको केन्द्रीय सदस्य अग्निप्रसाद सापकोटाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


राज्यमन्त्रीका सन्दर्भमा बैठकले कुनै निर्णय नगरेको पनि उनले बताए ।

केन्द्रकातर्फबाट यसअघि जेठ २४ गते तीन जनामन्त्री नियुक्त भइसकेका छन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा गृहमन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्रीमा प्रभु साह नियुक्त भइसकेका छन् ।