काठमाडौँ – पूर्व अर्थमन्त्री शंकर कोइरालाले दुई तिहाईको सरकार हुँदापनि विकास खर्चबारे पूरानै ट्रेण्ड देखिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


मंगलबार रिपोर्टर्स क्लबमा बोल्दै कोइरालाले भने, ‘विकास त सकारात्मक रुपमा अगाडि बढेको छ । असारे विकासको कुरा गर्दा पहिले अस्थायी सरकार भन्ने बनिबनाउ कारण थियो, अब स्थायी सरकार आएको छ । दुई तिहाईको सरकार बनेपछि पूरानो रोग कम हुने आधार थियो ।


ADVERTISEMENT

# # #


उनले आयोजना कार्यान्वयनको क्षमतापनि बढाउनुपर्ने बताए । त्यस्तै, कार्यान्वयन निकायले पनि आफ्नो जिम्मेवारीपन देखाउनुपर्ने कोइरालाको सुझाव छ । उनले भने,‘कार्यान्वयनको सन्दर्भमा राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्ड गर्नुपर्छ ।’

त्यस्तै उनले बजेटमा परिपक्व योजनामात्रै पार्नुपर्ने धारणा राखे । ठेक्का, टेण्डर दाबी विरोधमा पनि केही समस्या रहेको उनको टिप्पणी छ । लगाईएका ठेक्काहरुको अनुगमन राम्रोसँग गर्नुपर्ने उनले सुझाए ।

सरकारले कर्मचारी समायोजनको नाममा लामो समय अलमल गरेको र संघीय संरचना तयार पार्दा विकास निर्माणको काममा ढिलाई भएको उनको तर्क छ । उनले भने,‘सरकारको खर्च गर्ने क्षमता कमजोर छ ।’