काठमाडौं – प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले काठमाडौंमा आयोजना हुने भनिएको बलिउडको इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा) कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको छ।


ADVERTISEMENT


मंगलबार बसेको समिति बैठकले भारतीय निजी व्यावसायिक संस्था (विजक्राफ्ट) ले नेपालमा गर्न लागेको आइफा (इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड) नेपालको स्वाधिनता, स्वत्नत्रता र राष्ट्रिय अस्मितामाथि आँच पुर्‍याउने खालको रहेको निष्कर्ष निकाल्दै तत्काल रोक्न निर्देशन दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


गत बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काठमाडौं महानगरपालिका सहआयोजक हुनेगरी उक्त अवार्ड कार्यक्रम गरिने बताएका थिए।

सरकारले उक्त पुरस्कार आयोजना गर्नका लागि १ अर्ब दिन लागेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।