काठमाडौँ– जारी विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध शतक प्रहार गर्दै रोहितले कीर्तिमान नै कीर्तिमान कायम गरेका छन् ।


ADVERTISEMENT


९२ बलमा ५ छक्का र ७ चौकाको मदत १०४ रन बनाएर आउट भएका उनले विश्वकपमा चौथो शतक हानेका हुन् । रोहितले एकदिवसीइ क्रिकेटमा आफ्नो २६ औँ शतक लगाएका हुन् ।


ADVERTISEMENT

# # #


बंगलादेश विरुद्धको शतकसंगै रोहितले सौरभ गाँगुलीको रेकर्ड तोड्दै एउटै विश्वकपमा धेरै शतक लगाउने भारतीय खेलाडी बनेका छन् । गाँगुलीले सन् २००३ को विश्वकपमा ३ वटा शतक हानेका थिए । यस्तै रोहितले श्रीलंकाका पूर्व कप्तान कुमार सांगाकाराको रेकर्ड बराबरी गरेका छन् । सांगाकाराले सन् २०१५ मा चारवटा शतक हानेका थिए ।

विश्वकपमा सर्वाधिक शतक बनाउने रेकर्ड भने सचिन तेन्दुल्करको नाममा रहेको छ । उनले विश्वकपमा ६ वटा शतक हानेका छन् । रोहितको विश्वकपमा यो पाँचौँ शतक हो ।

यस्तै जारी विश्वपमा रोहित सर्वाधिक रन बनाउने ब्याट्सम्यानको पहिलो स्थानमा उक्लिएका छन् । उनले ७ खेलमा चार शतक र एक अर्धशतकसहित ५४४ रन हानेका छन् । यसअघि अष्ट्रेलियाका डेभिड वार्नर पहिलो स्थानमा रहेका थिए । उनले ८ खेलमा २ शतक र ३ अर्धशतकमा ५१६ रन बनाएका छन् ।