काठमाडौँ – एनआईसी एशिया बैँकले धनगढीमा आएको हावाहुरी पीडितलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत जेठ २३ गते सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी आसपासमा आएको भीषण हावाहुरीमा परेकालाई सहयोग गरेको हो ।


ADVERTISEMENT


बैँकले पीडितको पुर्नस्थापनाका लागि धनगढी उपमहानगरपालिका प्रकोप व्यवस्थापन कोषलाई दुई लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । उक्त रकमको चेक एनआइसी एशिया बैँकका सुदूर पश्चिम प्रदेशका प्रमुख टेकराज भट्टले धनगढी उपमहानगरपालिका मेयर नृप वडलाई प्रदान गरेका छन् ।


ADVERTISEMENT

# # #


मेयर वडले सो राहत पीडितको पुर्नस्थापनाका लागि खर्च गर्ने भन्दै आगामी दिनमा पनि बैँकको सहयोग रहने विश्वास व्यक्त गरे ।

बैंकले मुलुकभर २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।