काठमाडौं– राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र आजबाट सञ्चालनमा आएको छ । बुधबार सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले एक कार्यक्रमका बीच अनुगमन केन्द्रको उद्घाटन गरेका छन् । पहिलो चरणमा नेपालभित्र चलिरहेका डट कम र डट एनपीका साथै डट जिओभि डट एनपी भित्रका सबै डोमेन र वेबसाइट अनुगमन गर्ने गरि यो केन्द्र सञ्चालनमा आएको बताइएको छ । यो केन्द्रले नेपालभित्र सञ्चालनमा रहेका वेबसाइटहरुको बिस्तृत अनुगमन गर्ने सहसचिव वीरेन्द्रकुमार मिश्रले जानकारी दिए ।


ADVERTISEMENT


सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको यो अनुगमन केन्द्रले नेपालमा सञ्चालनमा रहेका सबै वेबसाइडहरू कहाँबाट खोलिएको छ र के काम गरिरहेको छ भन्ने जानकारी दिने गर्दछ । साथै इन्टरनेट प्रोटोकल पछ्याउँदै गरिने यस्तो अनुगमनले साइबर सुरक्षा सम्बन्धी चुनौती र आक्रमणको सूचना पनि दिने छ ।


ADVERTISEMENT

# # #


उद्घाटन कार्यक्रममा मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले आगामी दिनमा नेपाल भित्र छिर्ने सबै प्रकारका इन्टरनेट प्रोटोकल र वेबसाइट तथा नेपालका सरकारी वेब साइटको विश्वभरि खोलिने जानकारी प्राप्त गर्नेगरी अनुगमन गर्ने प्रविधि राख्ने पनि जानकारी दिए ।

यो अनुगमन केन्द्रको स्थापना पछि नेपालको साइबर सुरक्षा प्रविधिमा नयाँ प्रविधिको प्रवेश भएको मानिएको छ । यसले सरकारी वेबसाइट अनुगमन र ह्याकिंग हुनबाट जोगाउन सहयोग पुग्नेछ ।