एजेन्सी –फ्रान्समा जारी महिला फुटबल विश्वकपमा नेदरल्याण्ड पहिलो पटक फाइनल प्रवेश गरेको छ । बुधबार भएको खेलमा स्वीडेनलाई १-० ले पराजित गर्दै नेदरल्याण्ड फाइनल पुगेको हो ।


ADVERTISEMENT


नेदरल्याण्डका लागि एकमात्र गोल ज्याकी ग्रोनेन अतिरिक्त समयको नवौँ मिनेटमा गरेकी थिइन् । फाइनलले ७ जुलाईमा नेदरल्याण्ड र अमेरिका बीच हुनेछ । अमेरिकाले सेमिफाइनलमा इङ्गल्याण्डलाई २-१ ले पराजित गरेको थियो ।


ADVERTISEMENT

# # #


यस्तै विश्वकपको तेस्रो स्थानका लागि ६ जुलाईमा इङ्गल्याण्ड र स्वीडन भिड्नेछन् । अमेरिकाले १९९ १देखि आजसम्म तीन पटक फीफा महिला विश्वकपको उपाधी जितिसकेको छ । साथै एकपटक उपविजेता पनि बनेको छ । २०१५ को विश्कपमा अमेरिकाले फाइनलमा जापानलाई ५-२ ले पराजित गर्दै उपात्री हात पारेको थियो ।