एजेन्सी – बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्तका ‘ब्वायफ्रेण्ड’को मृत्यु भएको छ । सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै त्रिशालाले जुन २ मा ब्वायफ्रेण्डको निधन भएको जानकारी दिएकी हुन् ।


ADVERTISEMENT


उनका ब्वायफ्रेण्ड इटालियन मूलका रहेको बताइएको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा त्रिशालाले भावुक हुँदै श्रद्धाञ्जली दिएकी छन् ।


ADVERTISEMENT

# # #


‘मेरो मुटु टुक्रिएको छ । मलाई माया गरेकोमा, मेरो सुरक्षा गरेकामा, र मेरो रेखदेख गरेकोमा तिमीलाई धेरै धन्यवाद । तिमीले मलाई जिन्दगीमा यति खुसी राख्यौ कि जति म पहिले कहिल्यै खुसी थिइनँ । तिमीलाई भेट्नु मेरो सौभाग्यको कुरा थियो र म धन्य भएकी छु ।’ उनले लेखेकी छन्, ‘तिमी सँधैभरि मभित्र जीवित रहिरहनेछौ । म तिमीलाई असध्यै माया गर्छु र सम्झिरहनेछु पनि जबसम्म हाम्रो फेरि भेट हुनेछैन । सँधैका लागि तिम्री । उही तिम्री बेला मिया ।’

त्रिशालाले यसैवर्ष ब्वायफ्रेण्डसंगको फोटो सामाजिक सञ्जालमा शेयर गरेपछि उनको सम्बन्धको बारेमा चर्चा चुलिएको थियो ।