एजेन्सी – रोहित शर्माले शनिबार श्रीलंकाबिरुद्धको अन्तिम लिग चरणको खेलमा शतक बनाए । यो संगै उनले जारी विश्वकपमा पाँचवटा शतक बनाएका छन् ।


ADVERTISEMENT


उनी जारी विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडीसमेत बनेका छन् । उनले आठ पारीमा ६४७ रन बनाएका छन् । रोहितपछि अस्ट्रेलियाका डेविड वार्नरले ६३८ रन बनाएका छन् ।


ADVERTISEMENT

# # #


योसँगै रोहितले सन् २००३ मा सचिन तेन्दुल्करले बनाएको किर्तिमान पनि तोडेका छन् । सचिनले सो विश्वकपमा समूह चरणमा सर्वाधिक ५८६ रन बनाएका थिए ।

एक विश्वकपमा सबैभन्दा धेरै शतक

रोहितले यो विश्वकपमा पहिलो शतक दक्षिण अफ्रिकाबिरुद्ध बनाए । त्यसपछि पाकिस्तान, इङ्ग्ल्याण्ड र बंगलादेशविरुद्ध शतक बनाउँदै पूर्व कप्तान सौरव गांगुलीको किर्तिमान तोडे । श्रीलंकाविरुद्ध शतक बनाएर उनले कुमार संगकारको रेकर्ड पनि तोडे । संगकाराले सन् २०१५ को विश्वकपमा ४ शतक बनाएका थिए ।

     खेलाडी            साल    पारी  शतक
रोहित शर्मा             २०१९     ८      ५
कुमार सांगकारा     २०१५     ७      ४
मार्क वा                  १९९६    ७       ३
म्याथ्यू हेडन           २००७    १०      ३
सौरभ गांगुली         २००४    ११      ३

एक विश्वकपमा सर्वाधिक रन बनाउनेमा तेस्रो स्थानमा

एउटै विश्वकपमा सर्वाधिक रन बनाउने किर्तिमान सचिन तेन्दुल्करको नाममा छ । उनले सन् २००३ को विश्वकपमा ६७३ रन बनाएका थिए । रोहितले अहिलेसम्म ८ पारीमा ९२.४३ को औसतले ६४७ रन बनाइसकेका छन् । योसँगै उनी एक विश्वकपमा सबैभन्दा बढी रन बनाउनेमा तेस्रो स्थानमा रहेका छन् । सचितपछि उनीभन्दा अघि अस्ट्रेलियाका म्याथ्यु हेडन रहेका छन् । हेडनले सन् २००७ मा १० पारीमा ६५९ रन बनाएका थिए ।