काठमाडौं – साताको पहिलो दिन आइतबार सुनको भाउ रु ५०० घटेर कारोबार भएको छ। शुक्रबार तोलामा ६५ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार घटेर ६४ हजार ५०० मा कारोबार भएको हो ।


ADVERTISEMENT


यस्तै तेजावी सुन ६४ हजार २०० कारोबार भएको छ।


ADVERTISEMENT

# # #


यस्तै चाँदी आइतबार तोलामा रु ७२० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि चाँदी तोलामा ७३० मा कारोबार भएको थियो ।