एजेन्सी – हिन्दी फिल्म ‘कबिर सिंह’ यतिबेला हलमा दोस्रो हफ्तामा चलिरहेको छ । फिल्मले १५ औँ दिनमा मात्रै ५.४ करोड रुपैयाँ कमाएको छ भने १६ औँ दिनसम्म आइपुग्दा फिल्मको पूरा कमाई २२५ करोड नाघेको छ ।


ADVERTISEMENT


ट्रेढ एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले १६औँ दिनमा ७.५८करोडको कमाई गरेको छ । यसका साथै फिल्मले ‘पद्मावत’, ‘सुल्तान’, ‘सञ्जू’, ‘बजरंगी भाईजान’ र ‘टाइगर जिन्दा हें’ लाई पनि व्यापारका हिसाबले पछि पारेको छ ।


ADVERTISEMENT

# # #


तेस्रो हप्तासम्म चल्ने फिल्ममा यी फिल्मसंगै कबिर सिंह पनि थपिएको छ । बलिउडमा कबिर सिंह यो वर्षको पहिलो यस्तो फिल्म हो जसले १३ दिनमा नै कमाई २०० करोड नघाएको छ ।यो भन्दा अघि यो रेकड सलमान खानका फिल्म ‘भारत’को नाममा रहेको थियो । ‘भारत’ले १४ दिनमा २०० करोड नाघेको थियो ।

कबिर सिंहमा शाहिद कपुरले एक नशाडी सर्जनको भूमिका निभाएका छन् । यस्तै कायरा अड्बानीले पनि फिल्ममा खेलेकी छन् । फिल्मको निर्देशन तलेगु फिल्म ‘अर्जुन रेड्डी’का निर्देशक सन्दीप वांगाले गरेका हुन् ।