काठमाडौँ – एनआईसी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुल प्रा.लि. ललितपुरबीच सम्झौता भएको छ ।


ADVERTISEMENT


सम्झौता अनुसार बैंकका कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गहरुलाई ड्राइभिङ स्कुलले प्रदान गर्ने सम्पूर्ण सेवामा क्युआर पेमेन्ट तथा डेबिट एवं क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा १० प्रतिशत सम्म छुट प्रदान गरिने छ ।


ADVERTISEMENT

# # #


क्युआर पेमेन्टका लागि सर्वसाधारणले एनआईसी एशियाको मोबाइल एपमार्फत् क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् र उक्त भुक्तानीबारे एसएमएसबाट जानकारी प्राप्त गर्न सकिने बैँकले जनाएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बिजनेस शाखाका इन्चार्ज रौनक करवाल रसुजुकी ड्राइभिङ स्कुलको तर्फबाट स्कुलका अध्यक्ष राजन क्षेत्री र प्रमुख कार्यकारी अधिकृत विवेक जंग थापाले हस्ताक्षर गरेका छन् ।

बैंकले मुलुकभर २८५ शाखा कार्यालयहरु, ३०० एटिएम, ४७ वटा एक्स्टेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।