काठमाडौँ – नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर आज सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


सार्वजनिक डार्क कमेडी टिजरमा दयाहाङ राई, उपासना सिंह ठकुरी, रेस्मा गुरुङ र विजय बराल देखिएका छन् ।


ADVERTISEMENT

# # #


चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, रेस्मा गुरुङ, विजय बराल, बुद्धी तामाङ, कर्मा शाक्य, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ ।

भदौ १३ गतेका लागि रिलिज डेट लिएको चलचित्र रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् ।