सिन्धुपाल्चोक – गएरातिको बाढीले बगाउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत चाकु ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत दुई जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन् ।


ADVERTISEMENT


अविरल वर्षापछि चाकु खोलामा आएको बाढीले बगाउदा शिवश्री हाइड्रो पावरद्वारा निर्माणाधीन आयोजना निर्माणस्थल प्रमुख यादवप्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार यादव बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।


ADVERTISEMENT

# # #


घाइते भोटेकोशी गाउँपालिका–५ का कामी तामाङ र भोटेकोशी–४ का तेम्वा चोक्याल शेर्पालाई आज बिहान हेलिकप्टरबाट काठमाडौँ लगिएको छ । घाइते दुवैको ललितपुरस्थित बिएण्डवी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बाढीले बगाउँदा २२ दशमलव २ मेगावाट क्षमताको सो आयोजनालाई क्षति पु¥याए पनि विस्तृत विवरण आउन बाँकी भएको प्रहरीले जनाएको छ ।रासस