एजेन्सी – भारतलाई क्रिकेटमा दुई विश्वकप ट्रफी दिलाउने ‘राँचीका राजकुमार’ का नामले चिनिने महेन्द्र सिंह धोनीले आइतबार अथार्त ७ जुलाईमा मनाए ।


ADVERTISEMENT


कुनै दिन खड्गपुर स्टेशनमा टिकट चेक गर्ने फुच्चेको बारेमा कसैले सोचेको थिएन कि ऊ एक दिन भारतको सफल कप्तान बन्नेछ । तर धोनीले उनीहरुको सोचाइलाई गलत साबित गरिदिए । जीवनका उतार चढावसंग जुध्दै उनी विश्वभरका क्रिकेट प्रशंसकको आदर्श बने ।


ADVERTISEMENT

# # #


एउटा मात्र बेडरूम भएको घरमा बस्थ्यो धोनीको परिवार

धोनीको पारिवारिक जरा उत्तराखण्डमा जोडिएको छ । उनका बुवा पान सिंहले १९६४ मा राँचीस्थित इञ्जिनियरिङ्ग कम्पनी (मेकन) जुनियर पदमा नोकरी पाएपछि उनीहरु त्यतै पुगे । वरिष्ठ पत्रकार राजदीप सरदेसाई आफ्नो किताब ‘टिम लोकतन्त्र’मा लेख्छन्, ‘जुन बेला धोनीको जन्म भएको थियो, त्यतीबेला उनका बुवा एक पम्म अपरेटरमा काम गर्थे । उनको परिवार एक बेडरुम भएको घरमा बस्थ्यो । धोनीले त्यहीँ टेनिस बलले क्रिकेट खेल्ने थाले ।’

धोनी बताउँछन् कि उनी त्यससमय दुब्लो थिए, त्यसकारण उनका समकक्षीहरुले उनलाई विकेट किपर बनाए ।

धोनी स्कुलमा फुटबल र ब्याडमिन्टनमा रुची राख्थे । उनी दौडनमा पनि उत्तिकै माहिर थिए । यही कारण कम उमरमै नै उनको ज्यानमा ताकत आयो । वर्तमान भारतीय टिममा कोही यस्ता खेलाडी छैनन्, जो विकेटको पछाडी बसेर धोनी जसरी दौडिन सकोस् ।

सानैदेखि छक्का हान्न माहिर धोनी 

धोनीकमो खेलकुद शिक्षक केशव बनर्जीका अनुसार धोनी सानैदेखि छक्का हान्नमा माहिर थिए । उनी स्कुल सकिएपछि मैदानमा पुग्थे र करिब ३ घण्टा अभ्यास गर्थे । अभ्यासका दौरान उनले कति घरका झ्यालका सिसा फुटाइदिन्थे । जब सेक्युरिटी आउँथे त उनी भनिदिन्थे कि करु कसैले ढुंगाले हानेर फटाइदिएका हुन सक्छन् ।

१९९७ मा एक एक स्कुल टूर्नामेन्टमा १६ वर्षका धोनीले दोहोरो शतक हाने र आफ्ना समकक्षी ब्याट्सम्यानसंग ३७८ रनको साझेदारी गरे । रोचक त के भने यो खेल ४० ओभरको मात्र थियो । जसका कारण धोनीलाई मेकानको एक क्रिकेट क्लबमा मौका मिल्यो । त्यसपछि उनी विस्तारै परिचित हुँदै गए । उनका शिक्षक बनर्जीका अनुसार धोनी विकेटको पछाडी बललाई यसरी समात्दथे कि जसरी एउटा माछा मुख खालेर दाना समात्ने कोसिस गरिरहेको हुन्छ ।

धोनीको पहिलो कमाई

मेकन क्रिकेट क्लबपछि धोनीले स्टील अथोरिटी फफ इण्डिया लिमिटेड (सेल)को स्थानीय टिममा सामेल भए । यहीं उनको पहिलो कमाई भयो । उनलाई तलबस्वरुप ६२५ रुपैयाँ मिल्यो । जुन उनको पहिलो कमाई थियो । त्यसपछि धोनी सेन्ट्रल कोलफील्ड्स लिमिटेड (सीसीएल) क्लबमा जोडिए । यहाँ उनको कमाई वृद्धि भयो । जुन बढेर २ हजार पुग्यो । यति मात्र होइन, धोनीलाई यहाँ २ सय रुपैयाँ बोनस पनि मिल्थ्यो । किनकी उनी एक ‘म्याच विनर’ खेलाडी थिए ।

..जब रणजीमा छनोटबारे थाहा नै भएन

सीसीएल र बिहारका लागि यू १९ मा उत्कृष्ट प्रर्दशनको पुरस्कार उनलाई २००० मा मिल्यो । त्यो थियो भारतको प्रख्यात रणजी ट्रफी । तर धोनीलाई राँची जस्तो कम विकसित सहरमा भएकाले मौका पाएको थाहै पाएनन् ।

राजदीप सरदेसाईले आफ्नो किताबमा यसका बारेमा भनेका छन्, ‘धोनीका एक साथी परमजीतलाई उनका एक कोलकतात्तका साथीले बताएका थिए कि उनलाई (धोनी) ईस्ट जोन टीमका लागि चुनिएको थियो । तर थाहा त्यतीबेला भयो, जतिबेला ढिला भइसकेको थियो । त्यसपछि परमजितले एक टाटा सूमो गाडी भाडामा लिए । धोनी ती दुई साथीका साथ राती नै कलकत्ता गुडे ।’ धोनी त्यस दिनलाई सम्झिँदै बताउँछन्, ‘त्यो एक किसिमको पागलपन थियो । हाम्रो कार जमशेदपुर नजिक पुगेपछि बिग्रियो । जसलाई बनाउने दुई घण्टा लाग्यो । तर यो एक सुन्दर यात्रा थियो । हामी गीत गाउँदै गएका थियौँ ।’

धोनी जब कोलकत्ता एयरपोर्ट पुगे तब टिम अगरतलाका लागि निस्किसकेको थियो । त्यसकाण धोनीले ईस्ट जोनका लागि पहिलो खेल छुटाउन पुगे । यद्दपी ढिला पुगेपनि उनी टिममा भने सामेल भए ।

रेलवेको नौकरी र तलब ३ हजार रुपैयाँ

२००१ मा धोनीको प्रदर्शनका कारण उनलाई बंगालको खडगपुरमा स्पोर्ट्स कोटाबाट दक्षिण–पूर्व रेलवेमा नोकरी मिल्यो । यहाँ उनलाई कक्ष ३ को टिकट चेकरको जागरि मिल्यो ।
जहाँ उनको तलब ३ हजार रुपैयाँ थियो । त्यसपछि पनि धोनीलाई भाग्यले साथ दियो । उनी ३ महिना भित्र नै स्पोर्ट्स डिपार्टमेन्टमा सामेल भए । तरपनि उनी रेलवेकोटिममा भने स्थान बनाउन असफल रहे ।

त्यसपछि उनले जीवनको सबैभन्दा ठूलो फैसला लिनका लागि आफूलाई तयार गरे । २००३ सालमा धोनीले रेलवेको नोकरी छोडिदिए । र आफ्नो फिटनेस ठीक गर्न जसटे । त्यसपछि बंगालका पूर्वकप्तान प्रकाश पोद्दारलाई ईस्ट जोनका लागि नयाँ प्रतिभा खोज्ने म्मिेवारी मिल्यो । उनले धोनीको खेल देखे र रिपोर्ट चयनकर्ता कमेटीका अध्यक्ष किरण मोरेसम्म पुर्याए ।

धोनीका गुरु भए मोरे, ‘ए’ टीममा चयन

किरण मोरेले धोनीको खेललाई हेरेर उनको गुरु बन्ने निर्णय गरे । यो त्यो समय थियो, जब भारतीय टिममा विशेषज्ञ विकेट किपरको कमी थियो । राहुल द्रविडलाई पार्ट टाइम विकेटकीपिङ्ग गराइन्थ्यो । २००४ मा मोहालीमा नर्थ र ईस्ट जोनको बीच भिडन्त भयो । जसलाई सबै छनोटकर्ताले हेरेका थिए ।

यसमा धोनीलाई दीपदास गुप्तालाई चोट लागेकोले उनको ठाउँमा धोनीले विकेटकिपिङ्ग गर्नुपर्ने सुनाइयो । यहाँ धोनीले ५ क्याच लिए र चौथो दिन ४७ बलमा ८ चौका र १ छक्काको मदतमा ६० रन बनाए । उक्त खेलमा उनले आशीष नेहराको बलमा हुक गरेर चौका हानेका थिए । जसले छनोटकर्ताको मन जित्यो । त्यसपछि उनी भारतको ‘ए’ टिमका लागि छनोट भए ।

शुरुआत खराब भएपनि बनाए १८४ रन

केन्यामा उनले पाकिस्तानविरुद्ध दुई शतक लगाए । त्यसपछि सन्दीप पाटिल धोनीका प्रशंसक भए । धोनीलाई मेहनेतले एक पटक फेरि सफल बनायो । दुई शतक लगाएपछि उनलाई २००४ मा बंगलादेशविरुद्ध एकदिवसीय खेल सिरिजका लागि टिममा बोलाइयो । जहाँ उनले भारतका लागि पहिलो खेल खेले । तर, धोनीको सुरुवात राम्रो थिए । सुरुको चार इनिङ्गमा उनले सबैभन्दा धेरै १२ रन बनाए ।

त्यसपछि विशाखापटनममा धोनीले पाकिस्तानविरुद्ध १४८ रनको धमकेदार पारी खेले । यसै पारीले उनलाई भारतीय टिममा विकेटकिपर ब्याट्सम्यानको भूमिकामा उभ्यायो । धोनी यस पारीलाई सम्झिँदै बताउँछन् कि यदि उनी पाँचौँ खेलमा रन बनाउँदैनथे भने छनोटकर्ता उनलाई त्यही टिमबाट निकालिदिने थिए, जसकारणको क्रिकेटिङ्ग भविष्य त्यहीँ अन्त्य हुनेथियो ।

…जब रेलको शौचालय नजिक रात कटाए

राजदीप आफ्नो किताबमा बताउँछन् कि धोनी रणजी सिजनमा रेलको यात्रा गरिरहेका थिए । जुनियर क्रिकेटरको हिसाबमा उनलाई ‘रिजर्भड’ डब्बामा स्थान मिल्दैनथ्यो । त्यसकारण कयौँ पटक उनले ट्वाइलेट नजिक पनि सुतेर रात कटाएका छन् । तर अहिले उनी त्यो स्थानमा पुगेका छन्, जहाँ एसी भएको डब्बामा सिट दिइन्छ । प्रशंसकबाट बच्नका लागि सुरक्षाको पनि व्यवस्था गरिएको हुन्छ ।