काठमाडौं – बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले पल्सर डेयर भेन्चर सिजन ४ लिएर आएको छ । पल्सर डेयर भेन्चर नेपालको सबैभन्दा लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी शो मानिन्छ।


ADVERTISEMENT


पल्सर डेयर भेन्चरले सफलतापूर्वक ३ सिजन पुरा गरिसकेको छ जुन क्रमश २०१४, २०१५ र २०१७ मा सम्पन्न भएको थियो । पल्सर डेयर भेन्चर ४ का साथ अब अन्तर्राष्ट्रिय सिमाना पार गर्दै भयमुक्त तथा अलग प्रकारको एडभेन्चर महशुस गर्ने समय आएको कम्पनीले बताएको छ ।


ADVERTISEMENT

# # #


यस पटक पल्सर डेयर भेन्चरले पल्सर राइडरहरुलाई सबैभन्दा साहसिक रोडहरुको उचाई मापन गर्दै, अद्भूत अनुभव बटुल्ने बाइकरहरुको सबैभन्दा लोकप्रिय गन्तव्य, लदाखमा लग्नेछ । यो पल्सर डेयर भेन्चर ४ अब विदेशमा आयोजना हुने भएको छ ।

विदेशी भूभागमा जानुको रोमान्चक अनुभवका साथै विजेताले १० लाख नगद पुरस्कार र नयाँ पल्सर एनएस २०० प्राप्त गर्नेछन् ।

बजाज चालक बाहेकले पनि पल्सर डेयर भेन्चर ४ मा सहभागिता जनाउन सक्ने तथा रेजिष्ट्रेसनको अवधि २३ जुलाई २०१९ अर्थात श्रावण ७ गतेसम्म रहेको कम्पनीले जानकारी दिएको छ । पल्सर डेयर भेन्चरको वेवसाइटमा गएर रेजिष्ट्रेसन गर्न सकिनेछ ।