काठमाडौँ – प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा र नेपाल प्रहरीबीच दोहोरो भिडन्त हुँदा भोजपुरमा एकजना प्रहरी जवान र एकजना विप्लव कार्यकर्ताको मृत्यु भएको छ । बुधबार बिहान भोजपुर बजारको हटिया लाइन क्षेत्रमा प्रहरीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेको हो ।


ADVERTISEMENT


प्रहरीका अनुसार ड्युटीमा रहेका प्रहरीमाथि बिहान ८ बजेर ३० मिनेटतिर आक्रमण हुँदा प्रहरी जवान सन्जीव राईको गोली लागेर मृत्यु भएको हो। गोली लागेका उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।


ADVERTISEMENT

# # #


राईमाथि गोली प्रहार भएपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । प्रहरीको गोली लागेर विप्लव कार्यकर्ता नीरकुमार राई मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । राई ओखलढुंगा इन्जार्च समेत रहेको प्रहरीको भनाई छ । अन्य भने त्यहाँबाट भाग्न सफल भएका थिए ।

प्रहरीले घटनास्थलबाट चाइनिज पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद गरेको छ। भिडन्तपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।