काठमाडौं – भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटि सो ‘सारेगम लिटिल च्याम्प्स’ मा चौथो स्थान हासिल गरेका आयुष के.सीलाई भक्तपुरको दधिकोटमा रहेको मोर्डन बोर्डिङ स्कुलले नगद सहित सम्मान गरेको छ


ADVERTISEMENT


स्कुलले मंगलबार एक कार्यक्रमको आयोजना सहित के.सीलाई १ लाख नगद रुपैया सहित सम्मान गरेको हो । सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापा, विद्यालयका प्राचार्य अनिल कसपाल लगायतले उनलाई सम्मान गरेका थिए ।


ADVERTISEMENT

# # #


सिन्धुपाल्चोक घर भएका १२ वर्षीय आयुष मोर्डन स्कुलको कक्षा ७ मा अध्ययनरत छन् ।