काठमाडौं– अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छविराज ओझाविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । श्रीमान्बाट असुरक्षित रहेको भन्दै शिल्पाले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गराएकी छन् ।


ADVERTISEMENT


श्रीमानले आफूलाई हातपात गरेको भन्दै उजुरी गरेपछि दुबै जनालाई छलफलका लागि बोलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जनाएका छन् ।


ADVERTISEMENT

# # #


चलचित्र निर्मातासमेत रहेका छवि ओझा र शिल्पा पोखरेलले २०७३ सालमा विवाह गरेका थिए । शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए । त्यसपछि पनि शिल्पाले छविराजका चलचित्र ‘हवलदार सुन्तली’, ‘मंगलम’ मा समेत काम गरेकी छन् ।

शिल्पासँग विवाह गर्नुअघि छविराजका तीन जनासँग विवाह भइसकेको थियो । शिल्पा चौथो श्रीमतीको रुपमा भित्रिएकी हुन् । नायिका रेखा थापासँग सम्बन्ध विच्छेद भएपछि छवि र शिल्पाले विवाह गरेका थिए ।