काठमाडौँ – इंग्ल्यान्डमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा पहिलो सेमिफाइनलमा अन्तगर्त मंगलबार भएको भारत र न्यूजिल्याण्डबीचको खेल वर्षाका कारण प्रभावित बन्यो । वर्षाले खेल सुरु हुन नसकेपछि ‘रिजर्भ डे’ अर्थात आज फेरि सुरु हुँदैछ ।


ADVERTISEMENT


मंगलबार टस जितेर ब्याटिङ्ग थालेको न्यूजिल्याण्डले ४६.१ ओभरमा ५ विकेट गुमाएर २११ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । न्यूजिल्याण्डका रस टेलर ६७ रन बनाएर खेलिरहेका थिए भने टोम लाथम ३ रनमा नटआउट रहेका थिए । हिजो जुन अवस्थामा रोकिएको थियो, त्यहीँबाट सुरु हुनेछ । अथार्त खेल ४६.१ ओभरबाट सुरु हुनेछ र टेलर र लाथमले ब्याटिङ्ग गर्नेछन् ।


ADVERTISEMENT

# # #


यस्तै भारतका लागि भुवनेश्वर कुमारले बलिङ्ग सुरु गर्नेछन् ।

न्यूजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ६७ रन बनाएका थिए । उनी ९५ बलमा ६ चौका हानेर आउट भए । यस्तै हेनरी निकोल्स २८, कोलिन डी गा्रण्डिहोम १६ र जेम्स निसम १२ रनमा आउट भएका छन् । भारतका लागि भुवनेश्वर कुमार, जश्प्रित बुम्राह, रवीन्द्र जडेजा, हार्दिक पाण्ड्या र युजेन्द्र चहालले समान १-१ विकेट लिएका छन् ।

यदि वर्षा रोकिएन भने ?

यदि बीचैमा वर्षा भएर प्रभावित भएमा डक वर्थ लुईसको नियम लाएर खेलको नतिजा निकाल्नका लागि एउटा टिमले कम्तीमा २० ओभर ब्याटिङ्ग गर्नेपर्छ । त्यसकाण बुधबार भारत र न्यूजिल्याण्ड बीचको खेलमा भारतले कम्तीमा २० ओभर ब्याटिङ्ग गर्नुपर्नेछ ।

तर, त्यसका लागि वर्षा रोकिनु जरुरी छ । तर, इङ्गल्याण्डको मेनचेस्टरमा वर्षा हिजोको जस्तै रहेको छ । वर्षा रोकिएन भने भारतलाई फाइदा हुनेछ । समूह चरणको अंकतालिकाको शीर्ष स्थानमा रहेकाले भारत त्यही आधारमा फाइनल पुग्नेछ ।

वर्षा रोकिएन भने न्यूजिल्याण्डको फानइनल खेल्ने सपना चकनाचुर हुनेछ ।