काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपाले प्रतिनिधिसभाको बैठकमा बोल्न नदिएको भन्दै नाराबाजी र रोष्टम घेराउ गरेका छन् ।


ADVERTISEMENT


बुधबार बैठक सुरु हुनासाथ उभिएका कांग्रेस र राजपाका सांसदले सभामुखसंग बोल्न समय मागेका थिए । तर, सभामुख कृष्ण बहादुर महराले समय उपलब्ध गराएनन् । तर, सभामुख महराले सर्लाही घटनाको विषयमा केही नयाँ कुरा ल्याएको र त्यो भन्नका लागि कांग्रेस र राजपाका सांसदले बस्न आग्रह गरिरहे । महराको लगातारको आग्रह पछि पनि प्रतिपक्षी सांसद बस्न नमानेपछि उनले विरोधकै बीच संसद सुरु गरे ।


ADVERTISEMENT

# # #


प्रतिपक्षी सांसदहरु रोष्टम घेराउ गर्दै नाराबाजी गरिरहँदा सभामुख महराले दैनिक कार्यसूचि अनुसार प्रतिनिधि सभाका सचिव गोपाल नाथ योगीलाई ‘सभामा उत्पत्ती भएका विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत २३ औँ संशोधन २०७६का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश’को जानकारी गराउन अनुमति दिए ।

त्यसपछि सचिव योगीले राष्ट्रिय सभाबाट प्राप्त सन्देश पढेर सुनाए । योगीले पढेर सकेपछि सभामुख महराले ३० गते दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको घोषणा गरे ।

के हो घटना ?

सर्लाहीको ईश्वरपुरमा ढुंगागिट्टीको उत्खनन गर्दा बनेको खाल्डोमा डुबेर अमितकुमार साहको मृत्यु भएको थियो ।

त्यही घटनाको विरोध गर्दै सडकमा उत्रिएका स्थानीयलाई नियन्त्रणमा लिने क्रमममा स्थानीय सरोजनारायण यादवको प्रहरीको गाली लागरेर मृत्यु भएको थियो ।

त्यही घटनाका विाषय उत्पन्न प्रश्नको जवाफ दिने क्रममा मंगलबार गृहमन्त्री थापाले लोकतन्त्रको रक्षाका लागि गरिएको हवाई फायरम यादवको मृत्यु भएको बताएका थिए । जुन कांग्रेस र राजपालाई मन परेन । त्यसपछि उनीहरुले विरोध गरेर मंगलबार पनि संसद अवरुद्ध गरेका थिए ।

कांग्रैस र राजपाले उक्त घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने र समिति गठन नभएसम्म बैठक अगाडि बढ्न नसक्ने मंगलबारदेखि नै अवरुद्ध गरिरहेको छ ।