काठमाडौँ – भारत र न्यूजिल्याण्डबीच मंगलबार वर्षाका कारण प्रभावित बनेको खेल पुनः सुरु भएको छ । हिजो जुन अवस्थामा रोकिएको थियो, त्यहीँबाट सुरु भएको हो । अथार्त खेल ४६.१ ओभरबाट सुरु भएको छ ।


ADVERTISEMENT


मंगलबार टस जितेर ब्याटिङ्ग थालेको न्यूजिल्याण्डले ४६.१ ओभरमा ५ विकेट गुमाएर २११ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । न्यूजिल्याण्डका रस टेलर ६७ रन बनाएर खेलिरहेका थिए भने टोम लाथम ३ रनमा नटआउट रहेका थिए ।


ADVERTISEMENT

# # #


त्यसअघि न्यूजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ६७ रन बनाएका थिए । उनी ९५ बलमा ६ चौका हानेर आउट भए । यस्तै हेनरी निकोल्स २८, कोलिन डी ग्राण्डिहोम १६ र जेम्स निसम १२ रनमा आउट भएका छन् । भारतका लागि भुवनेश्वर कुमार, जश्प्रित बुम्राह, रवीन्द्र जडेजा, हार्दिक पाण्ड्या र युजेन्द्र चहालले समान १/१ विकेट लिएका छन् ।