काठमाडौँ – विश्वकप क्रिकेटको फाइनल प्रवेशका लागि भारतले २४० रनको चुनौति पाएको छ । वर्षाले प्रभावित विश्वकपको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले भारतसामू मध्यम चुनौति पेश गरेको हो ।


ADVERTISEMENT


मंगलबार टस जितेर ब्याटिङ थालेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३९ रन बनायो । मंगलबार खेलको बीचमा वर्षा प्रभावित भएपछि रोकिएको थियो । वर्षा हुनुअघि न्यूजिल्याण्डले ४६.१ ओभरमा ५ विकेट गुमाउँदै २११ रन जाडेको थियो । बुधबार ४६.१ ओभरबाटै खेल सुरु भएको हो ।


ADVERTISEMENT

# # #


न्यूजिल्याण्डका लागि रस टेलरले सर्वाधिक ७४ रन बनाए । वर्षा आउनुअघि ६७ रन हानेका उनले बुधबार ५ बलमा ७ रन जाडेर आउट भए । खेल प्रभावित हुनुअघि न्यूजिल्याण्डका कप्तान जिल्याण्डका लागि कप्तान केन विलियम्सनले ६७ रन बनाएका थिए । उनी ९५ बलमा ६ चौका हानेर आउट भए । यस्तै हेनरी निकोल्स २८, कोलिन डी ग्राण्डिहोम १६ र जेम्स निसम १२ रनमा आउट भएका छन् ।

टोम लाथम १० रनमा आउट भए भने मिचेल स्नाटर ९ रनमा नटआउट रहे ।

भारतका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए । यस्तै जश्प्रित बुम्राह, रवीन्द्र जडेजा, हार्दिक पाण्ड्या र युजेन्द्र चहालले समान १/१ विकेट लिएका छन् ।