काठमाडौँ – विश्वकपको सेमिफाइनलमा भारतले न्यूजिल्याण्डविरुद्ध खराब सुरुवात गरेको छ । २४० रनको मध्यम चुनौति पच्छ्याउँदै मैदान उत्रिएको भारतले ५ रन जोड्न नपाउँदै महत्वपूर्ण तीन विकेट गुमाएको छ ।


ADVERTISEMENT


भारतले ३.१ ओभरमा ५ रन बनाउँदा ३ विकेट गुमाएको हो । उसका ओपनर रोहित शर्मा, लोकेश राहुल र कप्तान विराट कोहली सस्तैमा आउ भए । उनीहरुले समान १-१ रन मात्रै बनाए ।


ADVERTISEMENT

# # #


पहिलो ४ रन जोड्दा भारतले पहिलो विकेट गुमायो । रोहितलाई म्याट हेनरीको बलमा विकेट किपर लाथम हेनरीले क्याच गरे । यस्तै अर्को एक रन जोड्दा कप्तान विराट कोलीले विकेट गुमाए । उनलाई ट्रेन्ट बोल्टले एलबीडब्ल्यूको धरापमा पारे ।

त्यसपछि अर्को ओपनर लोकेश राहुललाई म्याट हेनरीले विकेट किपर लाथम हेनरीबाट क्याच गराए । लाथमले २ तथा बोल्टले १ विकेट लिए ।