काठमाडौं – न्युजिल्याण्डका कप्तान केन विलियम्सनले भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीको बचाउ गरेका छन् । न्युजिल्याण्डसँग १८ रनले हार्दै भारत विश्वकपको सेमिफाइनलबाटै बाहिरिएपछि धोनीको सुस्त पारीको आलोचना भइरहेको छ ।


ADVERTISEMENT


म्यानचेष्टरमा २४० रनको लक्ष्य पछ्याएको भारतले ५ रन जोड्दा ३ विकेट गुमाएको थियो तर धोनी र रवीन्द्र जडेजाले सातौं विकेटका लागि ११६ रनको साझेदारी गर्दै जितको आशा देखाएका थिए । जडेजाले ५९ बलमा ७७ रनको शानदार पारी खेले तर धोनीले विकेट बचाउँदै खेले र ७२ बलमा ५० रन बनाए ।


ADVERTISEMENT

# # #


जब भारतलाई १४ बलमा ३२ रन चाहिएको थियो, विलियम्सनले जडेजाको क्याच लिए । चार बलपछि मार्टिन गुप्टिलले धोनीलाई रनआउट गरेपछि भारतको केही लागेन ।

हारपछि धोनी फेरि निशानामा परे । लक्ष्यअनुसार आफ्नो व्याटिङको गति नबढाएको भन्दै उनको आलोचना भयो ।

धोनीलाई लिएर भारत र न्युजिल्याण्डका कप्तानलाई पनि प्रश्न आयो । न्युजिल्याण्डका कप्तान विलियम्सनलाई सोधिएको थियो, ‘यदि तपाईं भारतीय कप्तान हुनु भएको भए धोनीलाई टिममा राख्नुहुन्थ्यो ?

उनले हाँस्दै भने– उनी न्युजिल्याण्डका लागि खेल्न सक्दैनन् । तर उनी विश्वतरीय खेलाडी हुन् ।’

फेरि प्रश्न आयो– यदि तपाईं भारतको कप्तान हुनु भएको भए ?

विलियम्सनले भने– अवश्य । उनको अनुभव महत्त्वपूर्ण समयमा निकै काम लाग्छ । जडेजासँग उनको समझेदारी राम्रो रह्यो । धोनी वर्ल्डक्लास प्लेयर हुन् । के उनी राष्ट्रियता परिर्वतन गर्ने सोचमा छन् ? यदि यस्तो हो भने हामी उनलाई छनोट गर्नेबारे सोच्छौं ।’

उसो त यो विश्वकपमा समूह चरणका खेलमा पनि स्लो ब्याटिङलाई लिएर धोनीको आलोचना भएको थियो । तर विलियम्सन भन्छन् कि धोनी वल्र्डकप खेल्न लायक विश्वस्तरीय खेलाडी हुन् । उनले भने, । उनले भने, ‘कयौंपटक धोनीले अन्तिम क्षणमा खेल आफ्नोतर्फ मोडेको देखेका छौं । यो निकै कठिन विकेट थियो, त्यसैले केही पनि सहज रहेन ।’