एजेन्सी – फोर्ब्सको सबैभन्दा बढी कमाई गर्ने १०० सेलिब्रेटीमा यस वर्ष भारतबाट अक्षकुमार मात्रै अटाएका छन् । २०१९ का सबैभन्दा बढी तिरिएका सेलिब्रटीको लिस्टमा अक्षकुमार ३३ औँ नम्बरमा रहेका छन् ।


ADVERTISEMENT


उनको कमाई ६.५ करोड अमेरिकी डलर रहेको छ । अघिल्लो एक वर्षमा उनले एउटा फिल्मका लागि ३४ देखि ६८ करोड भारतीय रुपैयाँसम्म लिएका छन् । २०१८ को सूचिमा उनी २७० करोड रुपैयाँ कमाईका साथ ७७ औँ स्थानमा रहेका थिए ।


ADVERTISEMENT

# # #


सलमान खान यस वर्ष बाहिरिएका छन् । पछिल्लो वर्ष ३.७७ करोड डलर कमाईका साथ उनी सूचिको ६८ औँ नम्बरमा थिए । २०१९ को सबैभन्दा बढी तिरिएका सेलिब्रटी लिस्टमा अमेरिकी गायक टेलर स्विफ्ट शीर्ष स्थानमा रहेकी छन् । यस वर्ष उनको कमाई १८.५ करोड डलर रहेको छ । यस्तै दोस्रो नम्बरमा अमेरिकी मिडिया पर्सनालिटी तथा व्यापारी कायली जेनर रहेकी छन् ।

कायली कस्मेटिककी मालिक समेत रहेकी उनको कमाई १७ करोड डलर रहेको छ ।

सबैभन्दा बढी कमाई गर्ने १० सेलेब्रिटी

१. टेलर स्विफ्ट, गायक (अमेरिका) : १८.५ करोड डलर
२. कायली जेनर, व्यापारी (अमेरिका) :  १७ करोड डलर
३. कान्ये वेस्ट, संगीतकार, र्यापर (अमेरिका) : १४.९६ करोड डलर
४. लियोनेल मेसी, फुटबलर (अर्जेन्टिना) : १२.६६ करोड डलर
५. एड शीरन, संगीतकार (बेलायत) : १०.९७ करोड डलर
६. क्रिस्टियानो रोनाल्डो, फुटबलर (पोर्चुगल) : १०.८७ करोड डलर
७. नेइमार, फुटबलर (ब्राजील) : १०.४७ करोड डलर
८. द ईगल्स, संगीतकार (अमेरिका) : ९.९१ करोड डलर
९. डा. फिल म्याग्र, टेलिभिजन सेलिब्रटी : (अमेरिका) ९.४८ करोड डलर
१०. केनेलो अलवरेज, बक्सर (अमेरिका) : ९.३८ करोड डलर