काठमाडौँ – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको आलोचनाका नाममा गलत बाटो लिएको आरोप लगाएका छन्।


ADVERTISEMENT


बिहीबार मन्त्रालयमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्काटाले कांग्रेसको विप्लवप्रतिको दृष्टिकोण प्रस्ट हुनुपर्ने बताए । हिंसा र निषेधको राजनीतिलाई सँगै लाने कांग्रेसको कस्तो दृश्य ?’, प्रश्न गर्दै बाँस्कोटाले भने, ‘दिनभर बिपी, रातभर विप्लव नै कांग्रेसको नीति हो ?’


ADVERTISEMENT

# # #


मुलुकलाई अस्थिरताको दुष्चक्र र अध्यारो सुरुङ्गतिर हाल्ने कुरा गरेको हो भने कांग्रेसले बेलैमा स्पष्ट हुनुपर्ने बताए । ‘विप्लवले गरेको हिंसा कांग्रेसको आँखाले के ठहर गर्छ ? यो गम्भीर प्रश्न एक पटक सोध्नुपर्छ ।’ उनले भने, ‘त्यसैले हिंसा सत्तापक्ष र प्रतिपक्ष हुँदैन । सवत्र भत्सर्नायोग्य हुन्छ ।’

यस्तै उनले कांग्रेसमा विस्तारै लोकतन्त्रवाद हराउँदै जान लागेको आरोप लगाउँदै उनले सत्ता गुमेको पीडामा प्रमुख प्रतिपक्षले लोकतन्त्रमाथि नै धावा बोलिएको कुरा, शान्ति र शान्ति प्रक्रियामाथि नै धावा बोलिएको कुरामा समान दृष्टिकोण राखेर सरकारलाई अप्ठ्यारो बनाउने काम गरेको बताए ।

सम्बन्धित समाचार
प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी : लगाम उपहार दिउँ कि सम्हाल्नुहुन्छ आफ्ना मन्त्री ?

उनले नेपाली कांग्रेसको चारतारे झण्डामा लोकतन्त्र र शान्तिको तारा कहाँ गयो भन्दै व्यङ्ग्य गरे । मन्त्री बाँस्काटाले भने, ‘हिंसाका बारेमा हामीले प्रतिपक्षीलाई कन्भिन्स गर्नुपर्यो भने नेपाली कांग्रेसले उठाउँदै आएको चार तारामध्येको एक् शान्तिको तारो, एक लोकतन्त्र वा स्वतन्त्रताको तारो कहाँ गयो ? खोज्नुपर्ने हुन्छ ।’

यस्तै उनले लगातार संसद अवरुद्ध गरेकोप्रति कांग्रेसमाथि आक्रोश व्यक्त गरे।