लमजुङ, बेँसीशहर– जिल्लामा सम्बन्धविच्छेदको क्रम बढ्दो छ । जिल्ला अदालतको तथ्याँकअनुसार सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् ।


ADVERTISEMENT


गत आर्थिक वर्षमा मात्रै जिल्ला अदालतमा ९३ वटा मुद्दा परेको स्रेस्तेदार भूमिप्रसाद शर्माले बताए । ९३ मुद्दामध्ये ७६ वटाको फैसला भएको उनले बताए ।


ADVERTISEMENT

# # #


स्रेस्तेदार शर्माका अनुसार जिल्ला अदालत लमजुङले गत आवमा ३०० मुद्दा फस्र्योट गरेको छ । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका ११७ र गत वर्ष दर्ता भएका २७१ गरी कूल ३८८ मुद्दा रहेकामा ३०० वटा फस्र्योट गरेको हो ।

अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्धविच्छेदबाहेक अंशसम्बन्धी ५४, लेनदेनसम्बन्धी ३४, करणीसम्बन्धी १२ रहेका छन् । सोबाहेक बहुविवाह, नाताकायम, गालीबेइज्जती, चोरी, वन पैदावार आदि रहेका छन् ।

कूल मुद्दामध्ये ७७ दशमलव ३१ प्रतिशत मुद्दा फस्र्योट भएको जिल्ला अदालत, लमजुङले जनाएको छ । अदालतमा अघिल्लो आवमा ७४ दशमलव ६२ प्रतिशत मुद्दा फस्र्योट भएको थियो ।