प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना मन्त्री सम्हाल्न चेतावनी दिएका छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाप्रति लक्षित गर्दै प्रवक्ता शर्माले उक्त चेतावनी दिएका हुन् ।


ADVERTISEMENT


मन्त्री बाँस्कोटाले बिहीबार मन्त्रालयमा मन्त्री परिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कांग्रेस हिंसाबारे स्पष्ट नभएको बताएका थिए । ‘दिनभर बिपी, रातभर विप्लव नै कांग्रेसको नीति हो ?’ भन्दै उनले प्रश्न गरेका थिए ।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार
‘कांग्रेसको चारतारे झण्डाभित्रको शान्ति र लोकतन्त्रको तारो कहाँ गयो ?’

मन्त्री बाँस्कोटाको उक्त अभिव्यक्ति लगत्तै कांग्रेस प्रवक्ता शर्माले ट्वीट मार्फत प्रधानमन्त्रीलाई आफ्ना मन्त्री सम्हाल्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै उनले ट्वीटमा भनेका छन्, ‘प्रधानमन्त्री नै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा, तब कुनै (फोटोकपी) मन्त्रीसंग संस्कारको अपेक्षा कसरी गर्नु ? अराजनीतिक बोलिको जवाफ दिंदै हिंड्नु उचित हुन्न भनाइ छ । हलेदो भनेर चिनिसकेपछी धेरै कोट्याउनु हुन्न !   ‘लगाम’ उपहार पठाउं कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ?’

उनले विप्लव समूहले हिंसा छोड्नुपर्ने र सरकारले पनि वार्ताबाट समाधान खोज्नुपर्ने कांग्रेसको प्रष्ट धारणा रहेको बताएका छन् ।