काठमाडौँ – एनआईसी एशिया बैंक र विराटनगर अस्पताल प्रा.लि. मुनालपथबीच स्वास्थ्य सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।


ADVERTISEMENT


सम्झौता अनुसार बैंकका कर्मचारीले विराटनगर अस्पतालमा उपचार गर्दा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट र बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् ।


ADVERTISEMENT

# # #


उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं १ अन्तर्गत विराटनगर उपप्रादेशिक कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्य र विराटनगर अस्पतालको तर्फबाट अस्पतालका निर्देशक डा. सुशील तपरियाले हस्ताक्षर गरेका छन् ।

बैंकले देशभर २८६ शाखा कार्यालयहरु, ३०० एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४० वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।