एजेन्सी – इङल्याण्डमा जारी क्रिकेट विश्वकप अन्तिम अवस्थामा आइपुगेको छ । ट्रफीका लागि अन्तिम दुई टिमको टुंगो लागिसकेको छ । आयोजक इङल्याण्ड र न्यूजिल्याण्ड लण्डनको लर्र्डस् मैदनमा उपाधीका लागि भिड्दैछन् ।


ADVERTISEMENT


पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले भारतलाई हरायो । यस्तै दोस्रो सेमिफाइनमा पाँच पटकको विश्वविजेता अष्ट्रेलियालाई पराजित गर्दै आयोजक इङल्याण्ड २७ वर्षपछि फाइनल पुगेको छ ।


ADVERTISEMENT

# # #


इङल्याण्ड र न्यूजिल्याण्डका समर्थक आफ्नो टिम फाइनल पुगेपछि खुसी छन् । तर, इङल्याण्डभन्दा कयौँ कोश टाढा रहेको पाकिस्तानमा पनि यी दुई टिम विश्वकपको सेमिफाइनलमा पुगेपछि खुसियाली मनाइँदैछ ।

किन खुसी छ पाकिस्तान ?

पाकिस्तानका सामाजिक सञ्जालमा #1992MeinBhi ट्रन्डिङ्गमा रहेको छ । १९९२ मा सेमिफाइनलमा पुगेका चार टिममध्ये एशियाबाट एउटामात्र देश थियो । जसमा न्यूजिल्याण्ड, इङल्याण्ड, दक्षिण अफ्रिका र पाकिस्तान अन्तिम चारमा पुगेका थिए । त्यतीबेला फाइनल पाकिस्तान र इङल्याण्डबीच भएको थियो । जसमा पककिस्तानले इङल्याण्डलाई हराउँदै विश्वकप जितेको थियो ।

बिहीबार अष्ट्रेलियालाई हराउँदै इङल्याण्ड १९९२ पछि पहिलो पटक विश्वकपको सेमिफाइनमा पुग्यो । पाकिस्तानी यस कारण खुसी छन् कि विश्वकपको फाइनल पुग्ने दुबै टिमलाई पाकिस्तानले जारी विश्वकपको समूह चरणमा पराजित गरेको थियो । जबकी उनीहरुको प्रतिद्वन्द्वी भारतले यी दुबै टिमसंग पराजय ब्यहोरेको थियो ।

मोहम्मद अकिबले लेखेका छन्, ‘फाइनल खेल्ने दुबै टिमलाई पाकिस्तानले हराएको छ र भारत यी दुबै टिमसंग पराजित भएको छ । फेरि पनि भारतको दाबी छ कि ऊ सबैभन्दा उत्कृष्ट टिम हो ।’

भारततर्फ लक्षित गर्दै हम्माद अजिजले लेखेका छन्, ‘फाइनल पुग्ने दुबै टिमलाई पाकिस्तानले हरायो । यसकारण पाकिस्तान नै विश्वविजेता हो । त्यो कुन टिम थियो, जसले पाकिस्तानलाई बाहिर पर्गे कोसिस गर्दा आफू नै बाहिरियो ?’ यदि भारतले इङल्याण्डलाई हराएको भए पाकिस्तान सेमिफाइनलमा पुग्ने थियो र भारतले सेमिफाइनलमा पाकिस्तानको सामना गर्नुपर्ने थियो । जसले उनीहरुलाई फाइनल पुग्न मदत गर्नसक्थ्यो ।

पाकिस्तानीको यो खुसीलाई केही भारतीयले पनि मजाक उडाएका छन् । डेविल क्वीन नामका प्रयोकर्ताले ट्वीटमा लेखेका छन्, ‘अहिले सबै पाकिस्तानी भनिरहेका छन्, भारत न्यूजिल्याण्डसंग हार्यो र पाकिस्तानले न्यूजिल्याण्डलाई हराएको थियो, त्यसकारण पाकिस्तान जित्यो । तर, हामीलाई यो सम्झिन नदेऊ कि भारतले पककिस्तानलाई हराएको थियो ।’